Share on:

काठमाडौंले जित्यो आइबीथ्रीएल बस्केटबलको उपाधि
May 20th, 2026

काठमाडौं। आइबीथ्रीएल अन्तर्राष्ट्रिय इलिट कप बास्केटबल प्रतियोगिताको उपाधि काठमाडौं, नेपालले जितेको छ। भारतकै सबैभन्दा प्रतिस्पर्धात्मक थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामध्ये एक मानिएको प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधिमाथि कब्जा जमाएको हो।


भारतका नयाँदिल्ली, जयपुर, राँची, मुम्बई र सिलिगुडीमा सम्पन्न छनोट चरण पार गर्दै आएका टोलीबीच कडा प्रतिस्पर्धा भएको थियो। फाइनल खेलमा काठमाडौं टोलीले दिल्ली एसडब्ल्यूसीमाथि शानदार प्रर्शन गर्दै २१–१७ ले आफ्नो पक्षयमा पार्‍यो।


उपाधिसँगै नेपाली टोलीले मंगोलिया च्यालेन्जर खेल्ने अवसर पनि प्राप्त गरेको छ। यससँगै टोली अन्तर्राष्ट्रिय फिबा थ्री एक्स थ्री सर्किटतर्फ थप नजिक पुगेको छ।


विश्वस्तरीय कागा बास्केटबल एकेडेमीमा आयोजित प्रतियोगिताले सिलिगुडीलाई दक्षिण एशियाली थ्री एक्स थ्री बास्केटबलको उदीयमान केन्द्रका रूपमा स्थापित गरेको छ।


Swadesh Maharjan | May 20th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya