जितपछि विराटनगर प्ले अफ समीकरणमा कायम

विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको बिहीबारको खेलमा पोखरा एभेन्जर्सलाई चार विकेटले पराजित गरेको छ । यो नतिजाले विराटनगरको प्ले अफ समीकरण जीवन्त रह्यो । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शन जितको सबैभन्दा ठूलो आधार रह्यो ।
टीयू क्रिकेट मैदानमा जितका लागि १ सय ३३ रन पछ्याएको विराटनगरले छ विकेट गुमाएर १९.२ बलमा १ सय ३६ रन बनायो । उसका लागि ओपनर लोकेश बमले ३३ र बसिर अहमदले ३७ रन बनाए । अन्त्यतिर सेहन जयसूर्या १७ र इसुरु उदाना २५ रन बनाएर नटआउट रहे ।
जितले विराटनगर छ अंक भएको छ भने पोखरा दुई अंकम सीमित रह्यो । टस जितेर पोखराले पहिले ब्याटिङ गरेको पोखराले १७.५ ओरभमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । सन्दीपले २७ रनमा छ विकेट लिएपछि पोखरा ठूलो स्कोर खडा गर्न असफल रहेको हो ।
पोखराले अन्तिम पाँच विकेट १० रनमा गुमाएको हो । ओपनर युवराज समराले पोखराका लागि ८४ रनको योगदान गरे र पूरा इनिङ्स उनमै टिकेको थियो । उनले ४७ बलमा सात चौका र पाँच छक्का प्रहार गरे । यस्तै धनञ्जय लक्सनले १५ बलमा २२ रन जोडे ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |