← समाचारमा फर्कनुस्
कर्णालीलाई हराएर लुम्बिनी प्ले अफमा

डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले बिहीबार नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको प्ले अफ यात्रा तय गरेको छ । लुम्बिनी औपचारिक रूपमा अर्को चरण पुग्ने पहिलो टिम भएको छ ।
यो जितपछि उसको नौ अंक भएको छ र शीर्ष स्थानमा उक्लेको छ । यसका लागि लुम्बिनीले कर्णाली याक्सलाई चार विकेटले हराएको हो । टीयू क्रिकेट मैदानमा जितका लागि १ सय ६ रन पछ्याएको लुम्बिनीले १८.४ ओभर छ विकेट गुमाएर १ सय ७ रन बनायो ।
त्यसमा ओपनर डर्सी सर्टले ४६ रनको महत्त्वपूर्ण योगदान दिए । उनले ३४ बलमा छ चौका र एक छक्का प्रहार गरे ।
यसअघि कर्णाली पहिले ब्याटिङ गर्दै १९.२ ओभर मात्र टिकेर १ सय ५ रनमा अलआउट भएको थियो । त्यसमा सोमपाल कामीले २८ र हसेन तलतले २४ रन बनाए । लुम्बिनीका लागि सबै बलरले कसिकसाउ बलिङ गरे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |