Share on:

लखनउसँग बेंलगुरु स्तब्ध
May 8th, 2026

ओपनर मिचेल मार्सले १ सय ११ रनको शानदार प्रदर्शन गरेपछि लखनउ सुपर जायन्ट्सले बिहीबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ रोयल च्यालेर्न्स बेंगलुरुलाई डीएलएस मेथड अनुसार नौ रनले हराएको छ ।


यससँगै बेंगलुरुले अंक तालिकाको शीर्ष स्थानमा उक्लिन अवसर गुमाएको छ । यो नतिजापछि बेंगलुरु १२ अंकमा तेस्रो स्थानमा रह्यो । लखनउ भने छ अंकमा दस टिममध्ये सबैभन्दा पुछारमा छ ।


लखनउले पहिले ब्याटिङ गर्दै तीन विकेटमा २ सय ९ रन बनाएको थियो । मार्सले ५६ बलमा नौ चौका र नौ छक्का प्रहार गरे । खेल वर्षाले प्रभावित भएपछि बेंगलुरुले १९ ओभरमा २ सय १३ रनको लक्ष्य पाएको थियो ।


त्यसलाई पछ्याउने क्रममा बेंगलुरुले छ विकेटमा २ सय ३ रन मात्र बनाउन सक्यो । कप्तान रजत पाटीदारले सर्वाधिक ६१ रन बनाए, तर यो पर्याप्त रहेन् ।


Swadesh Maharjan | May 8th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya