
काठमाडौं। साउदी प्राे लिगअन्तर्गत अल नासरले अल शबाबमाथि ४–२ काे रोमाञ्चक जित निकालेकाे छ।
अल नासरकाे जितमा जाेआओ फेलिक्सले ह्याट्रिक पूरा गर्दा कप्तान क्रिस्टियानाे राेनाल्डाे एक गाेल थपे।
खेलकाे तेस्राे र १०औं मिनेटमा फेलिक्सले गाेल गर्दै टोलीलाई सुरुआत दिलाएका थिए। अल शबाबका यानिक करास्काेले ३०औं मिनेटमा गाेल फर्काउँदै खेल २–१ मा ल्याएका थिए।
दोस्रो हाफमा क्रिस्टियानाे राेनाल्डाेले ७५औं मिनेटमा गाेल गर्दै अल नासरकाे अग्रता बढाए। त्यसपछि अल शबाबका अली अल–बुलायहीले ८०औं मिनेटमा गाेल गर्दै खेललाई पुनः प्रतिस्पर्धात्मक बनाएका थिए।
इन्ज्युरी समयमा दुवै टोलीका खेलाडीबीच तनाव समेत देखिएको थियो। खेलका क्रममा अल नासरका सालेम अल नज्दी तथा अल शबाबका गोलरक्षक मार्सेलाे ग्राेहेले पहेँलो कार्ड पाए।
अन्तिम समयमा प्राप्त पेनाल्टीमा फेलिक्सले पुनः गाेल गर्दै टोलीको जित सुनिश्चित गरे। याे जितसँगै नासर ३२ खेलबाट ८२ अंकसहित साउदी प्रोलिगको शीर्ष स्थानमा रहेको छ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]