Share on:

प्यालेस पहिलो पटक फाइनलमा
May 8th, 2026

इंग्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले बिहीबार पहिलो पटक युरोपेली फाइनलको यात्रा निश्चित गरेको छ । युरोपा कन्फ्रेन्स लिगको फाइनलमा प्यालेस र रायो भालेकानो भिड्न लागेका हुन् । प्यालेसले सेमिफाइनल दोस्रो लेगमा साख्तर डोनेस्कलाई २–१ ले हरायो ।


यस नतिजापछि उसले समग्रमा ५–२ को अग्रता लियो । प्यालेसका तर्फाट दोस्रो लेगमा इस्माइल सालले गरेको गोल निर्णायक रह्यो । अर्को सेमिफाइन्ल दोस्रो लेगमा स्पेनी ला लिगा क्लब भालेकानोले स्ट्रसबर्गलाई १–० ले हरायो ।


त्यसमा एलेमाओले निर्णायक गोल गरे र यससँगै भालेकानो दुई लेगको सेमिफाइनलमा २–० को निर्णायक अग्रता लिन सफल रहेको हो । 


Swadesh Maharjan | May 8th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya