Share on:

विराटनगर र लुम्बिनी भिड्दै
December 3rd, 2025
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज एक खेल हुँदैछ। आज हुने एक मात्र खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच दिउँसो ४ बजेदेखि खेल हुँदैछ।


जारी एनपिएलमा विराटनगरले ५ खेलमा ४ जित र एक हारसहित ८ अंक रहेको छ। आजको खेल जितेमा विराटनगरले प्लेअफमा आफ्नो स्थान सुनिश्चित गर्नेछ।


त्यस्तै लुम्बिनीका लागि प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्न यो खेल जित्नैपर्ने दबाब छ। लुम्बिनीले हालसम्म ५ खेलमा २ जित हासिल गरेको छ भने २ ३ खेलमा हार बेहोरेको छ।

Swadesh Maharjan | December 3rd, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya