
इर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिगमा गरेको सर्यौ गोलको मदतले म्यानचेस्टर सिटीले मंगलबार फुलहमलाई नाटकीय रूपमा ५–४ को जित हात पारेको छ । उनी प्रिमियर लिगमा सबैभन्दा चाँडै सय गोल गर्ने खेलाडी पनि बने ।
उनले सिटीका लागि १ सय ११ खेलमा सय गोल गरेका हुन् । हालान्डले न्युकासलका एलान सिएररको नाममा रहेको कीर्तिमान भंग गरेका हुन् । सिएररले १ सय २४ खेलमा सय गोल गरेका थिए ।
यता कार्भेन कटेजमा भएको खेलमा सिटीका लागि फल फोडेनले दुई गोल गरे । यो जितछि सिटीको १४ खेलबाट २८ अंक भएको छ र शीर्षमा रहेको आर्सनलसँग दुई अंकले मात्र पछाडि रह्यो ।
अन्य खेलमा एभरटनले बर्नमाउथलाई १–० ले पराजित गर्यो भने न्युकासल युनाइटेड र टोटनहमले २–२ को रोमाञ्चक बराबरी खेले ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]