Share on:

चेन्नाईको पहिलो जित
April 12th, 2026

चेन्नाइ सुपर किंग्सले इन्डियन प्रिमियर लिगमा शनिबार पहिलो जित आत्मसात् गरेको छ । चेन्नाईमा भएको खेलमा उसले दिल्ली क्यापिटल्सलाई २३ रनले हराएको हो । पहिले ब्याटिङ गर्दै चेन्नाइले दुई विकेटमा २ सय १२ रन बनाएपछि जितको आधार तयार भएको हो ।


त्यसमा सन्जु साम्सनले नटआउट रहेर शानदार १ सय १५ रन बनाए । उनले ५६ बल मात्र सामना गरेर १५ चौका र चार छक्का प्रहार गरे । यस्तै आयुष मिश्रले पनि ५९ रन बनाए । जवाफमा दिल्ली क्यापिटल्सले २० ओभरमा १ सय ८९ रन मात्र बनाउन सक्यो ।


उसका लागि पाथुम निसान्काले ४१ र ट्रिस्टन स्टब्सले ६० रन बनाए । अन्य ब्याटरले भने गतिलो योगदान दिन सकेनन् । यो जितका बावजुत चेन्नाइ दुई अंकमा दस टिममध्ये नवौं स्थानमा छ । दिल्ली भने चार अंकमा चौथो स्थानमा छ ।


Swadesh Maharjan | April 12th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya