
बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा शनिबार सेन्ट पउलीलाई ५–० ले पराजित गरेको छ र यससँगै ३५ औं लिग उपाधिको नजिक पुगेको छ । यसक्रममा बायर्नले ५४ वर्ष लामो गोलको कीर्तिमान तोड्दै नयाँ इतिहास पनि बनाएको छ ।
लियोन गोरेट्ज्काले ५३ आं मिनेटमा गरेको बायर्नको दोस्रो गोलपछि टिमले यो सिजन लिगमा गरेको गोल संख्या १ सय २ पुगेको थियो । यससँगै उसले आफ्नै नाममा सन् १९७१–१९७२ मा गरेको कीर्तिमानी गोलको कीर्तिमानलाई उछिनेको हो ।
लिगमा अब पाँच चरणको खेलमा मात्र बाँकी छ र बायर्नले अर्को साता स्टुटगार्टविरुद्धको खेल जितेर उपाधि जित्न सक्नेछ । त्यो खेल बायर्नको घरेलु मैदानमै हुनेछ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]