
बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार इस्पनयोललाई सजिलै ४–१ ले पराजित गर्दै शीर्ष स्थानमा नौ अंकको ठोस अग्रता लिएको छ । क्याम्प नुमा भएको खेलमा लामिन यामलले एक गोल गर्दै अन्य दुईमा सहयोगी भूमिका निभाए ।
फेरान टोरेसले दुई गोल गरेपछि अर्को गोल मार्कस रसफोर्डको नाममा रह्यो । बार्सिलोनाको ३१ खेलबाट ७९ अंक छ । लिगमा सात चरणमा खेल मात्र बाँकी रहेको स्थितिमा बार्सिलोनाको यो अग्रता उपाधिका लागि पर्याप्त हुन सक्छ ।
चौथो स्थानमा रहेको एटलेटिको म्याड्रिड भने अर्को खेलमा सेभियाको हातबाट २–१ ले पराजित रह्यो । एटलेटिको ५७ अंकमै सीमित रह्यो । सेभिया ३४ अंकमा १५ औं स्थानमा छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]