
काठमाडौँ। दोस्रो सिजनको नेपाल प्रिमियर लिग एनपिएलमा आज पनि एउटा मात्रै खेल हुँदैछ।
त्रिवि क्रिकेट रंगशालामा सुरु हुने खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ।
चितवनले आफ्नो पहिलो खेलमा कर्णाली याक्समाथि जित दर्ता गर्दै शानदार सुरुआत गरेको थियो। यता, लुम्बिनी लायन्सको भने आज पहिलो खेल हो।
चितवन कुशल मल्लको कप्तानीमा मैदान उत्रिँदा लुम्बिनीको कप्तानी राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलले गर्ने छन्।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]