
नेपाल फिफा वरीयतामा दुई स्थान तल झरेको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार राती जारी गरेको वरीयताअनुसार नेपाल दुई स्थान तल ८२ औं स्थानमा झरेको हो । नेपाल यसअघि १८० औं स्थानमा थियो ।
नेपालले हालै मात्र मलेशियामा एएफसी एशिया कप छनोटअन्तर्गत खेलमा मलेशियामासॅंग १–० गोलले पराजितको भएको थियो । यस अघि बंगलादेश संगको मैत्रिपुर्ण खेलमा २-२ गोलको बराबरी खेलेको थियो। नेपालको एएफसी एशिया कप छनोट यात्रा एक खेल बाकी रहदासम्म अंक विहिन रहेको छ ।
नेपालले पहिलो लेगमा मलेशिया सॅंग २-०, लाओससॅंग २-१, भियतनामसॅंग ३-१ गोलले पराजित भएको थियो। त्यस्तै दोस्रो लेगमा भियतनामसॅंग १-० मलेशिया सॅंग १-० गोलले पराजित भएको थियो। अब अन्तिम खेल लाओससॅंग रहेको छ।
दक्षिण एसियामा सबैभन्दा अघि रहेको भारतको वरीयता खस्किएको छ । भारत १४२औं स्थानमा झरेको छ । बंगलादेशले भने नेपाललाई पछि पार्दै १८० औं स्थानमा उक्लेकोछ। माल्दिभ्स १८३ यथावत, भुटान १८९, पाकिस्तान १९९ र श्रीलंका १९४ स्थानमा छ ।
यस्तै विश्व वरीयतामा स्पेन शीर्ष, अर्जेन्टिना दोस्रो फ्रान्स तेस्रो र इगंल्याण्ड चौथौं स्थानमा यथावत रहेको छ ।
यस्तै ब्राजिल पांचौ स्थानमा उक्लिएको छ । पोर्चुगल छठौं र नेदरल्यान्ड्स सातौं झरेकोछ। बेलजियम आठौं स्थानमा यथावत छ । जर्मनी नौवौ र क्रोयसिया दशौं स्थानमा उक्लिंएको छ।
यस्तै एशिया महादेशमा जापान १८ औं र इरान २०औं स्थान दुबै एक स्थान माथि उक्लिंएको छ। दक्षिण कोरिया २१ औं आठौं स्थानमा यथावत छ। अष्ट्रेलिया २५ बाट २६ औं स्थानमा झरेको छ। उज्बेकिस्तान ५० औं ( पांच स्थान माथि) , कतार ५१औं (एक स्थान माथि) उक्लिंएको छ। इराक ५८औं , साउदी ६० औं स्थानमा झरेको छ भने जोर्डन ६६ औं र युएई ६७ औं स्थानमा यथावत छ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]