Share on:

आजदेखि सुपर एटका खेल
February 21st, 2026

टी २० विश्वकप २०२६ आज शनिबारदेखि सुपर एट चरणमा प्रवेश गर्दैछ । अस्ट्रेलियाले शुक्रबार राति ओमानमाथि प्राप्त गरेको नौ विकेटको जितसँगै प्रतियोगिताको लिग चरणका खेल समाप्त भएका हुन् । दोस्रो चरणको पहिलो खेलमा आज पाकिस्तान र न्युजिल्यान्ड कोलम्बोमा भिड्दै छन् ।


यो सुपर एटको ग्रुप टुको खेल हुनेछ । यो समूहमा इंग्ल्यान्ड र श्रीलंका पनि रहेका छन् । यो समूहका सबै खेल श्रीलंकामा हुनेछन् । अर्को ग्रुप वानमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे रहेका छन् । सुपर एटका लिग खेल टुंगिएपछि प्रत्येक समूहको शीर्ष दुई टिमले सेमिफाइनल यात्रा तय गर्नेछ ।


प्रारम्भिक चरणको समाप्तीमा प्रतियोगिताबाटै बाहिरिने सबैभन्दा ठूलो टिम पूर्व च्याम्पियन अस्ट्रेलिया रहेको छ । टी २० विश्वकपको इतिहासमा अस्ट्रेलिया दोस्रो चरण पुग्न नसकेको यो दोस्रो पल्ट मात्रै हो ।


Swadesh Maharjan | February 21st, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya