
गोर्का गुरुजेटाले खेल सकिन एक मिनेट अगाडि गरेको गोलको मदतले एथलेटिको बिलबाओले शुक्रबार स्पेनी ला लिगामा एल्चेलाई २–१ ले पराजित गरेको छ । यो जितपछि बिलबाओको २५ खेलबाट ३४ अंक भएको छ र आठौं स्थानमा कायम रहेको छ ।
खेलको ६४ औं मिनेटमा गुरुजेटाले गोल गर्दै बिलबाओलाई अग्रता दिलाए । त्यसपछि एल्चेका लागि आन्द्रे सिल्भाले पेनाल्टीबाट बराबरी गोल फर्काए । यस्तोमा गुरुजेटाले ८९ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेका हुन् ।
यो जितले बिलबाओको अर्को सिजन युरोपमा खेल्ने सम्भावना कायम रह्यो । बिलबाओको अगाडि पाँचौंदेखि सातौं स्थानमा रियल बेटिसको ४१, इस्पनयोलको ३५ र सेल्टा भिगोको ३४ अंक रहेको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]