Share on:

इंग्ल्यान्डको बलियो जवाफले भारत दबाबमा
July 25th, 2025

इंग्ल्यान्डले भारतविरुद्धको चौथो टेस्टको दोस्रो दिन आफ्नो पहिलो इनिङ्स सुरु गर्दै बलियो जवाफ दिएको छ । यसले भारत दबाबमा आएको छ । दिनको खेल समाप्त हुँदा इंग्ल्यान्ड दुई विकेट गुमाएर २ सय २५ रनमा रहेको छ । 

घरेलु टिम अझै १ सय ३३ रनले पछाडि छ र अब तेस्रो दिन सुदृढ ब्याटिङ गर्दै ठोस अग्रता लिने प्रयास गर्नेछ ।  उसका जोए रुट ११ र ओली पोप २० रन बनाएर खेलिरहेका छन् । 

त्यस अगाडि ओपन जोडी ज्याक क्रली र बेन डकेटले १ सय ६६ रनको साझेदारी गरेका थिए । त्यसमध्ये क्रलीले ८४ र डकेटले ९४ रन बनाए । दुवै आ–आफ्नो शतक बनाउन भने चुके । 

त्यस अगाडि भारत आफ्नो पहिलो इनिङ्समा ३ सय ५८ रन बनाएर अलआउट भएको थियो । पाँच टेस्टको सिरिजमा इंग्ल्यान्ड २–१ ले अगाडि छ । इंग्ल्यान्डले चौथो टेस्ट जितेर सिरिज आफ्नो नाममा लेखाउन सक्नेछ । 


Swadesh Maharjan | July 25th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya