Share on:

डुरान कप : पहिलो खेलमा आर्मी पराजित
July 24th, 2025

काठमाडौं। नेपालको विभागीय टोली त्रिभुवन आर्मी क्लब पराजित भएको छ। डुरान्ड कपको १३४ औं संस्करणको समूह सी को उद्घाटन खेलमा जमशेदपुर एफसीसंगको रोमाञ्चक खेलमा नेपालको त्रिभुवन आर्मी एफसीलाई ३-२ ले पराजित  भएको छ। यस खेल जेआरडी टाटा स्पोर्ट्स कम्प्लेक्समा खेलिएको थियो।

नेपाल आर्मीले दुई पटक बराबरी गोल फर्कायो तर निखिल बार्लाको गोलले जमशेदपुर एफसीले समूह चरणको खेल जितका साथ सुरु गर्यो। जमशेदपुरका लागि सार्थक गोलौई र मनवीर सिंहले पहिलो दुई गोल गरे भने त्रिभुवन आर्मी एफसीका लागि कप्तान जर्ज प्रिन्स कार्की र अनन्त तामाङले गोल गरेका थिए।



Swadesh Maharjan | July 24th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya