Share on:

इसाकको ‘बम सेल’: न्युकालस छाड्न चाहन्छन्
July 24th, 2025

गत साता लिभरपुलले एलेक्जान्डर इसाक किन्नका लागि न्युकासल युनाइटेडसँग सम्पर्क राखेको थियो । त्यसको जवाफमा सेन्ट जेम्स पार्कले भनेको थियो, यी स्विडेनी खेलाडी न्युकासलमै खुसी छन् । यसबीच इसाक स्वंयले बिहीबार ‘बम सेल’ फ्यालेका छन् ।

यी २५ वर्षीय खेलाडीले न्युकासलका ठूला पदाधिकारीलाई सूचना दिएका छन्, उनी अन्यत्र नै जान चाहन्छन् । त्यसको अर्थ हो, उनी न्युकासल छाड्न चाहन्छन् । न्युकासल अहिले एसिया भ्रमणमा निस्केको छ र संयोगले त्यस टिममा इसाक छैनन् ।

न्युकासलको दाबी छ, उनी घाइते छन्, तिघ्रामा चोट छ । तर बेलायती मिडियालाई लागेको छ, यो त सबै बहाना मात्रै हो, खासमा इसाक न्युकासल छाड्न चाहन्छन् । सम्भवतः उनको इच्छा इंग्लिस प्रिमियर लिग च्याम्पियन टिममा जाने हुनेछ ।

यो भनाइले ‘ट्रान्सफर विन्डो’ मा एकाएक सनसनी छाएको छ ।


Swadesh Maharjan | July 24th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya