Share on:

शीर्ष चारलाई गुजरातको चुनौती
May 1st, 2026

गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा बिहीबार रोयल च्यालेन्जर्स बेगलुरुलाई चार विकेटले पराजित गर्दै शीर्ष चारका लागि बलियो चुनौती पेस गरेको छ । अहमदावादमा भएको खेल जितेपछि गुजरातको १० अंक भएको छ र पाँचौं स्थानमा छ ।


शीर्ष स्थानमा पंजाव किंग्सको १३ अंक छ भने त्यसपछि बेंगलुरु, सनराइज हैदरावाद र राजस्थान रोयल्स तीनै तीन समान १२ अंकमा छन् । बेंगलुरुले पहिले ब्याटिङ गर्दै १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो ।


जवाफमा गुजरातले कप्तान शुभमन गिलको १८ बलमा ४३ रनको मदतले छ विकेटमा १ सय ५८ रन बनायो । गुजरात जितसम्म पुग्दा १५.५ ओभर मात्र चलिरहेको थियो ।


Swadesh Maharjan | May 1st, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya