Share on:

प्यालेसको एक पाइला फाइनलमा
May 1st, 2026

क्रिस्टल प्यालेसले यूईएफए कन्फ्रेन्स लिग सेमिफाइनलको पहिलो लेगमा बिहीबार साख्तर डोनेस्कलाई ३–१ ले हराएर एक पाइला फाइनलमा हालेको छ । पहिलो लेगमा प्राप्त यो अग्रता प्यालेसलाई फाइनल पुर्‍याउन पर्याप्त हुन सक्नेछ ।


इंग्लिस प्रिमियर लिग क्लब प्यालेसका लागि इस्माल सार, दाइची कमाडा र जार्गेन लारसेनले गोल गरे । त्यसमधये सारको पहिलो गोल खेल सुरु भएको २१ सेकेन्डमै सम्भव भएको थियो ।


अर्को सेमिफाइनल पहिलो लेगमा रायो भालेकानाले जर्मन बुंडेसलिगा क्लब स्ट्रसबर्गलाई १–० ले पराजित गर्‍यो र त्यसमा स्पेनी टिमका लागि आलडेमाडोले दोस्रो हाफमा निर्णायक गोल गरे ।


Swadesh Maharjan | May 1st, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya