Share on:

राजस्थानलाई हराएर हैदरावाद तेस्रोमा
April 26th, 2026

सनराइज हैदरावादले शनिबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्समाथि पाँच विकेटको रोमाञ्चक जित निकालेको छ । जितका लागि २ सय २९ रनको लक्ष्यलाई हैदरावादले पाँच विकेट गुमाएर नौ बल अगाडि नै हात पारेको हो ।


त्यसमा अभिषेक वर्मा र इसान किसनले अर्धशतक प्रहार गरे । अभिषेकले २९ बलमा ५७ र इसानले ३१ बलमा ७४ रन बनाए । त्यस अगाडि राजस्थानले छ विकेटमा २ सय २८ रन बनाएको थियो ।


त्यसमा ओपनर वैभव सूर्यवशंलीले ३७ बलमै १ सय ३ रनको शानदार प्रदर्शन गरे, त्यो जितका लागि पर्याप्त रहेन् । ध्रुव जुरेलले पनि ५१ रन जोडे।


यो नतिजापछि हैदरावादको १० अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ । रोयल च्यालेन्जर्स बेंगलुरु र राजस्थान दुवै समान १० अंकमा छन् । नेट रन रेटको आधारमा बेंगलुरु दोस्रो र राजस्थान चौथोमा छन् ।


Swadesh Maharjan | April 26th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya