
फेरमिन लोपेज र मार्कस रसफोर्डले गरेको एक एक गोलको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार गेटाफेलाई २–० ले हराएको छ र यससँगै लिग उपाधि जितको नजिक पुगेको छ ।
डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले यो जितपछि शीर्ष स्थानमा ११ अंकको अग्रता लिएको छ । बार्सिलोनाको ८५ अंक भएको छ भने रियल ७४अंकमा छ ।
बार्सिलोनाले अर्को साता ओसासुनालाई हराउने हो र अर्को खेलमा रियल म्याड्रिड इस्पनयोलसँग हार्छ भने उपाधिमाथि उसको कब्जा हुनेछ । एटलेटिको म्याड्रिडले एथलेटिको बिलबाओलाई ३–२ ले हराउन सफल रह्यो । एटलेटिको ६० अंकमा चौथो स्थानमा रह्यो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]