
सनराइज हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा शनिबार चेन्नाइ सुपर किंग्सलाई १० रनले पराजित गरेको छ र छ अंकमा लिग तालिकाको चौथो स्थानमा उक्लेको छ । चेनइ भने चार अंकमा सातौं स्थानमा रह्यो
पहिले ब्याटिङ गरेको हैदरवादले नौ विकेटमा १ सय ९४ रन बनाएको थियो । त्यसमा अभिषेक शर्मा र हेनरिक क्लासेनले समान ५९ रन बनाए । जवाफमा चेन्नाइले आठ विकेट गुमाएर १ सय ८४ रन मात्र बनाउन सक्यो ।
म्याथ्यु सर्टको ३४ रन नै त्यसमा सबैभन्दा ठूलो व्यक्तिगत स्कोर रह्यो । चेन्नाइका लगभग सबै ब्याटरले सुरुआत लिएपनि त्यसलाई ठूलो स्कोरमा परिणत गर्न सकेनन् र सिजनको चौथो हार बेहोर्न बाध्य रह्यो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]