Share on:

युनाइटेड च्याम्पियन्स लिग छनोटको नजिक
April 19th, 2026

म्याथेस कुन्हाले गरेको निर्णायक गोलको मदतले म्यानचेस्टर युनाइटेडले शनिबार इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई १–० ले पराजित गरेको छ । यो जितपछि युनाइटेड अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो भएको छ । यो जितपछि युनाइटेड ५८ अंकमा तेस्रो स्थानमा पकड बलियो भएको छ ।


युनाइटेडले पछिल्लो दुई सिजन च्याम्पियन्स लिगमा अनुपस्थित रहेको थियो । चेल्सी भने ४८ अंकमा छैटौं स्थानमा रह्यो । यस्तै टोटनहम र ब्राइटनबीचको खेल २–२ को बराबरीमा समाप्त भएको छ । टोटनहम यो वर्षको पिहलो जिततर्फ अग्रसर रहेको बेला ब्राइटनका लागि जर्जिन्होले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा बराबरी गोल गरे ।


यो नतिजापछि टोटनहम ३१ अंकमा १८ औं स्थानमा रह्यो । उसमाथि रेलिगेसनको दबाब चर्को छ । यस्तै अन्य खेलमा बर्नमाउथले न्युकासल युनाइटेडलाई २–१ र लिड्स युनाइटेडले उल्भ्सलाई ३–० ले पराजित गर्‍यो ।


Swadesh Maharjan | April 19th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya