
ट्वान्टी ट्वान्टी विश्वकप २०२६ को पूर्व सन्ध्यामा बुधबार आयोजना भएका आधिकारी वार्मअप खेलमा भारत, नामिबिया र अफगानिस्तान विजयी रहे । वर्षाले कोलम्बोमा पाकिस्तान र आयरल्यान्डबीचको खेल रद्द भएको छ ।
मुम्बईको डीवाई पाटिल स्पोर्टस एकेडेमीमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ३० रनले हराउन सफल रह्यो । हाइस्कोरिङ खेलमा भारतले पहिले ब्याटिङ गर्दै छ विकेटमा २ सय ४० रन बनाएपछि जवाफमा दक्षिण अफ्रिकाले सात विकेटमा २ सय १० रन मात्र बनाएको हो ।

बेंगलुरुमाभएको खेलमा अर्को खेलमा नामिबियाले स्कटल्यान्डलाई छ रनले हराएयो । नामिबियाले सुरुमा चार विकेट गुमाएर २ सय २६ रन बनाएपछि जवाफमा स्कटल्यान्ड पाँच विकेटमा २ सय २० रन बनाएर समेटियो ।

अफगानिस्तानले बेंगलुरुमै वेस्ट इन्डिजमाथि २३ रनले जित दर्ता गरेको हो । अफगानिस्तानले छ विकेटमा १ सय ८२ रन बनाएपछि जवाफमा वेस्ट इन्डिजले ५९ रन मात्र बनाउन सक्यो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]