
नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ सोमबारदेखि सुरु हुँदैछ र पहिलो दिनको खेलमा भिड्दै छन्, जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज । अब हामी प्रतियोगितामा सहभागी आठ टिम के कस्ता छन् भनेर त्यसको क्रमशः छोटकरीमा विश्लषण गर्दैछौं, पहिलो पालो जनकपुरको ।
डिफेन्डिङ च्याम्पियनका रूपमा चुनौती पेस गर्दैछ, जनकपुर बोल्ट्सले । यो जनकपुरको सान पनि हो, अनि उत्तिकै चुनौती पनि । एनपीएलको पहिलो सिजन उसले जसरी जितेको थियो, त्यो च्याम्पियनकै शैलीमा थियो । त्यस जितका मुख्य रणनीतिकार थिए, प्रशिक्षक पुबुदु दसानायेके । तर यसपल्ट उनी टिममा हुने छैनन्, उनी लागेका छन्, विराटनगर किंग्समा । अनि पुबुदुको ठाउँमा आएका छन्, वेस्ट इन्डिजका शिवनारान चन्द्रपउल ।
त्यति मात्र होइन्, न्युजिल्यान्डका जिम्मी निसम पनि पोखरा एभेन्जर्स पुगेका छन् । पुबुदु र निसम नहुनु टिमका लागि पक्कै पनि घाटा नै हो । तर यसबीच चन्द्रपउल जत्तिको प्रशिक्षक भने टिममा भित्रिएका छन् । आखिरमा सबैलाई थाहा छ, यी चन्द्रपउल विश्व क्रिकेटकै ठूला नाममध्ये एक हुन् । उनको खेल जीवनको तथ्यांक मात्र हेर्नु पर्छ, यो धेरैका लागि आश्चर्यजन पार्न सक्ने खालकै छ ।
जनकपुरका सहायक प्रशिक्षक हुन्, मनोज कटुवाल । चन्द्रपउलले स्वंय आफूले भने जस्तै टिम र खेलाडीबारे धेरै जानकारी छैन्, त्यसैले यहाँनिर मनोजको भूमिका र महत्त्व एकाएक बढेको छ ।
निसमको अनुपस्थितिमा जनकपुरले वानय पार्नेल र इमरान ताहिर जस्ता खेलाडी टिममा ल्याएको छ । उनीहरूमा अनुभवको कुनै कमी छैन् । त्यसमाथि लाहिरु मिलान्था त टिममा छँदै छन् ।
टिमका कप्तान रहेका छन्, अनिल साह । अनि मार्की खेलाडीमा आसिफ सेख । उनीहरूकै कारण टिमको सुरुआती ब्याटिङ क्रम साँच्चै बलियो देखिन्छ । मिलान्था गत सिजन प्रतियोगितामै सबैभन्दा बढी रन बनाउने खेलाडी थिए । त्यति मात्र होइन्, गत सिजननै सबैभन्दा बढी विकेट लिएका ललित राजवंशी पनि जनकपुरकै खेलाडी हुन् । यस्तोमा तय छ, जनकपुरले पेस गर्ने प्रतिद्वन्द्वीता बलियो नै रहनेछ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]