
नेपाली घरेलु क्रिकेटलाई सबैभन्दा बढी नजिकबाट बुझेका कोही दुई प्रशिक्षक छन् भने ती हुन्, पुबुदु दसानायेके र मोन्टी देसाइ । अझ मोन्टीले त नेपाली राष्ट्रिय क्रिकेट टिम छाडेका पनि धेरै भइसकेको छैन् । त्यति मात्र होइन्, मोन्टीकै नेतृत्वमा त हो, नेपालले एकपछि अर्को एतिहासिक प्रदर्शन गरेको । अब यिनै मोन्टी यसपल्ट काठमाडौं गोर्खाजसँग जोडिएका छन् ।
अनि काठमाडौं आफैमा उत्साहित छ, यसपल्टको प्रतियोगिता मोन्टी ‘फ्याक्टर’ निर्णायक हुन सक्नेछ । प्रतियोगिताको सोमबार पहिलो पहिलो खेलमा काठमाडौंले नै डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सको सामना गर्नेछ । फेरि मोन्टी के आए, काठमाडौंसँग भाग्य पनि फर्केको छ । गत वर्ष अक्सनका अभाग्यशाली रहेको काठमाडौंलाई यसपल्ट भने भाग्यले साथ दिएको छ ।
त्यसैले त अक्सनबाटै आदिल आलाम अन्सारी जस्ता खेलाडी भित्रिएका छन् । फेरि एकपल्ट टिमको कप्तानी करण केसीले गर्नेछन् भने टिममा रसिद खान पनि छन् । काठमाडौंलाई लिएर सबैभन्दा ठूलो प्रश्न हो, के यसपल्ट काठमडौं प्ले–अफका लागि छनोट हुने छ त ? काठमाडौं टिम नजिक रहेकालाई विश्वास गर्ने हो भने यसपल्ट टिम लिग चरणको समाप्तीमा शीर्ष चारमा रहन सक्षम छ ।
गत सिजन काठमाडौं लिग चरणको समाप्तीमा पाँचौं चरणमा रहेको थियो र यसै कारण प्ले–अफ पुग्न सफल रहेको छैन् । त्यसैले यही कारण सबैभन्दा पहिले टिमको एउटै लक्ष्य मात्र हुनेछ, शीर्ष चारमा रहेर प्ले–अफमा प्रवेश । त्यसपछि मात्र टिमले अन्य अवस्थाबारे सोच्नेछ । अनि एउटा तथ्य के पनि हो भने यही एक उद्देश्यका लागि काठमाडौंले मोन्टीलाई प्रशिक्षक बनाएको पनि हो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]