Share on:

कर्णालीलाई १४० रनको लक्ष्य
November 24th, 2025

काठमाडौँ। सुदूरपश्चिम रोयल्सले आफ्नो तेस्रो खेलमा कर्णाली याक्सलाई १४० रनको लक्ष्य प्रस्तुत गरेको छ। 


त्रिवि क्रिकेट रंगशालामा टस हरेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ९ विकेट गुमाए १३९ रन बनायो। 


सुदूरका लागि कप्तान दीपेन्द्र सिंह एैरीले सर्वाधिक ३९ रन बनाए। उनले ३८ बलमा एक चौका र दुई छक्का प्रहार गरे। 


आरिफ शेख २७, हर्मित सिंह १९, क्रिस लिन १८ ओपनर विनोद भण्डारी ११, स्कोट कुगलेनले १० रन बनाए।


यता, कर्णालीको लागि कप्तान सोमपाल कामीले चार ओभर बलिङ गर्दै एक मेडनसहित ३२ रन खर्चिएर तीन विकेट हात पारे। यस्तै, नरेन यादव दुई मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले समान एक विकेट लिए।


Swadesh Maharjan | November 24th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya