
एएस रोमाले इटालीको सिरी ए मा आइतबार क्रेमोन्सेलाई २–० ले हराएरले शीर्षमा उक्लेको छ । अर्को खेलमा एसी मिलानले इन्टर मिलानलाई १–० ले हराएपछि रोमा शीर्षमै कायम रहेको हो ।
यी नतिजापछि रोमा शीर्षमा दुई अंकले अगाडि रह्यो । उसको २७ अंकमा रह्यो । मिलान भने २५ अंकमा दोस्रो स्थानमा रह्यो ।
इन्टरले मिलानलाई हराएको उसको सामु शीर्षमा रहने अवसर थियो । स्टाडियो ओलम्पिकोमा भएको खेलमा रोमाका लागि म्याटओ गुन्डोजी र जितनानी नोसलिनले गोल गरे ।
मिलान डर्बीमा भने क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे । लिग तालिकामा नेपोली २५ र इन्टर २४ अंकमा शीर्ष चारमा रहेका छन् ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]