
दस खेलाडीमा सीमित एल्चेले स्पेनी ला लिगामा आइतबार रियल म्याड्रिडलाई २–२ को बहादुृरीपूर्ण बराबरीमा रोकेको छ । यो नतिजाले शीर्षमा रियलको अग्रता एकै अंकमा सीमित भएको छ ।
रियलको ३२ अंक भएको छ भने बार्सिलोना ३१ अंकमा दोस्रो स्थान रहेको छ । जुड बेलिंघमले खेलको ८७ औं मिनेटमा रियलका लागि बराबरी गोल फर्काएका थिए ।
खेलको अन्त्यमा एल्चेका भिक्टर चस्ट रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे । आफ्नो घरेलु मैदानमा एल्चेले दुई पल्ट अग्रता लिएर पनि त्यसलाई कायम भने राख्न सकेन् ।
आइतबारनै एटलेटिको म्याड्रिडले गेटाफेलाई १–० ले हरायो र २८ अंकमा चौथो स्थानमा कायम रह्यो । भिल्लारियल भने २९ अंकमा तेस्रो स्थानमा रहेको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]