
काठमाडौं। कुशल मल्लाको उत्कृष्ट ब्याटिङको मद्दतमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ३ विकेटले पराजित गरेको छ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा बागमतीले दिएको २०९ रनको लक्ष्य पछ्याएको आर्मीले २७ ७ ओभरको ७ विकेट गुमाउँदै २१० रन बनाएको हो।
आर्मीका लागि कुशल मल्लाले अविजित ९० रनको शानदार इनिङ्स खेले। उनले ५८ बलमा ३ चौका र ८ छक्का प्रहार गर्दै टोलीलाई जिततर्फ पुर्याए। त्रितराज दासले ५४ रन जोड्दा नरेन साउदले २६ रनको योगदान दिए। अन्य ब्याटरले भने उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
बलिङतर्फ बागमतीका इशान पाण्डे र विवेक मगरले समान २–२ विकेट लिए। रिजन ढकाल, सन्दीप लामिछाने र सोनु देवकोटाले समान १–१ विकेट हात पारे।
त्यसअघि पहिले ब्याटिङ थालेको बागमतीले २८ ओभरमा ७ विकेट गुमाएर २०७ रन नबाएको थियो।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]