
प्रशिक्षक इगोर टुडोरले आइतबार टोटनहम छाडेका छन् र उनी इंग्लिस प्रिमियर लिग क्लबमा ४४ दिन मात्र टिके । टोटनहम अहिले रेलिगेसनबाट बच्न संघर्षरत छ र अंक तालिकाको १७ औं स्थानमा छ ।
यो रेलिगेसनबाट एक अंकको दूरी मात्र हो । उसको पछाडि वेस्ट ह्याम रहेको छ । क्रोएसियाली प्रशिक्षकलाई फेब्रवरीमा थोमस फ्रान्क वर्खास्तीमा परेपछि नियुक्त गरिएको हो । तर उनी आएयता पनि टिमको प्रदर्शनमा सुधार भएन् ।
टोटनहम आफ्नो पछिल्लो खेलमा रेलिगेसनबाट बच्न संघर्षरत अर्को क्लब नटिंघम फरेस्टसँग हारेपछि दबाब अझ बढेको हो । उसले पछिल्ला १३ खेलमा स्पष्ट जित निकाल्न सकेको छैन् र लगातार खराव खेलिरहेको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]