
मुम्बई इन्डियन्सले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा कोलकाता नाइटराइडर्समाथि छ विकेटको प्रभावशाली जित निकालेको छ । जितका लागि २ सय २१ रनको लक्ष्य पछ्याएको मुम्बईले वानखेडे स्टेडियममा १९.१ ओभर भित्र चार विकेट गुमाएर २ सय २४ रन बनाएको हो ।
यो जितको आधार तयार पार्ने खेलाडी रहे ओपनर जोडी रायन रिकेल्टन र रोहित शर्मा । उनीहरूले पहिलो विकेटका लागि १ सय ४८ रनको साझेदारी गरे । त्यसमा रिकेल्टनले ४३ बलमा ८१ रन बनाए । उनले चार चौका छ आठ छक्का प्रहार गरे । रोहितले ३८ बलमा ७८ रन बनाए र त्यसमा छ चौका तथा छ छक्का सामेल थियो ।
त्यस अगाडि कोलकाताले चार विकेट गुमाएर २ सय २० रन बनाएको थियो । कप्तान अजिन्के रहानेले सबैभन्दा बढी ६७ रन बनाए । यस्तै अंगक्रिस रघुवंशीले ५१ रन बनाए । मुम्बईका लागि सार्दुल ठाकुरले ३९ रनमा तीन विकेट लिए ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]