
काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत मधेस प्रदेशले त्रिभुवन आर्मीलाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशालामा टस हारेर पहिले ब्याटिङमा उत्रिएको मधेश ४८.३ ओभरमा अलआउट हुँदै १८४ रनमा समेटिएको हो।
मधेशका विशाल शुस्लिङले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ्ग खेले। कप्तान तथा विकेटकिपर अनिल साहले ४२ रन बनाउँदा पवन सर्राफले २२ रनको योगदान दिए।
मधेशको सुरुवात भने कमजोर रह्यो। मयन यादव ५ रनमा आउट हुँदा निरज यादव ९ रनमै पवेलियन फर्किए। त्यसपछि अनिल साह र पवन सर्राफले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि नियमित अन्तरालमा विकेट झर्दा मधेश दबाबमा रह्यो। अरनिको यादव ९ रनमा आउट भए भने मोहम्मद आदिल आलम ४, रुपेश सिंह ८ र विशाल पटेल १६ ले सानो योगदान दिए। अन्त्यतिर रणजीत कुमार ४ रनमा अविजित रहँदा आशिक बैठा खाता नै नखोली आउट भए।
आर्मीका बसिर अहमदले ३ विकेट लिए। नरेन साउद र शहाब आलमले समान २र२ विकेट लिए भने कुशल मल्ल, आकाश चन्द र पवन कार्कीले १र१ विकेट लिए।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]