Share on:

कतारलाई हराएपछि नेपाल विश्वकप छनोट नजिक
October 14th, 2025

नेपालले ट्वान्टी ट्वान्टी विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासेफिक छनोटमा सोमबार कतारलाई पाँच रनले हराउँदै छनोटको नजिक पुगेको छ । ओमानमा भएको सुपर सिक्सको खेलमा हारको संघारमा रहेर नेपाल जितसम्म पुग्न सफल भएको हो ।


नेपालले पहिले ब्याटिङ गर्दै नौ विकेटमा १ सय ४७ रन बनाएका थियो । जवाफमा कतारले १९.५ ओभरमा सबै विकेट गुमाउन अगाडि १ सय ४२ रन मात्र बनाउन सक्यो । नेपाललाई जित दिलाउन सन्दीप लामिछानेले महत्त्वपूर्ण भूमिका खेले र पाँच विकेट लिए ।


अब नेपालले बुधबार हुने खेलमा ओमानको सामना गर्नेछ र त्यसमा जितसँगै छनोटको औपचारिकता पूरा गर्न सक्नेछ । सुपर सिक्समा दुवै टिम समान छ अंकमा छन् । त्यसपछि यूएई र जापानको दुई दुई अंक छ । यस्तै समाओ र कतार शून्य अंकमा छन् ।


Swadesh Maharjan | October 14th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya