Share on:

केप भार्डे भयो विश्वकपमा छनोट
October 14th, 2025

केप भार्डे फुटबलको विश्वकपमा छनोट हुने दोस्रो सबैभन्दा सानो देश भएको छ । उसले सन् २०२६ को अफ्रिकी विश्वकप छनोटको समूह ‘डी’ बाट यो उपलब्धी चुमेको हो ।


यसका लागि केप भार्डेले इस्वाटिनीलाई सोमबार ३–० ले हरायो । शक्तिशाली क्यामरुन सम्मिलित समूहबाट केप भार्डेले अविश्वनीय प्रदर्शन गर्दै विश्वकपमा पुगेको हो ।


अटलान्टिक महासागरमा अवस्थित केप भार्डे १० टापुर मिलेर बनेको देश हो र यसको जनसंख्या पाँच लाख भन्दा केही बढी मात्र रहेको छ ।


यसले सन् १९७५ पोर्चुगलबाट स्वतन्त्रता प्राप्त गरेको थियो । सन् २०१८ को विश्वकप खेलेको आइसल्यान्ड नै अहिलेसम्म यो प्रतियोगिता खेल्न सबैभन्दा सानो देश रहेको छ ।


Swadesh Maharjan | October 14th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya