Share on:

दक्षिण अफ्रिकामाथि पाकिस्तानको दबाब
October 13th, 2025

दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्धको पहिलो टेस्टको दोस्रो दिन सोमबार आफ्नो पहिलो इनिङ्समा छ विकेट गुमाएर २ सय १६ रन बनाएको छ । पाहुना टिम पाकिस्तानको बलिङ आक्रमण अगाडि दबाबमा रहेको छ ।


दक्षिण अफ्रिकाका लागि टोनी डे जेरजी ८१ र सेनुरन मुथसमी छ रनमा नटआउट छन् । पाहुना टिम अझै १ सय ६२ रनले पछाडि छ । पाकिस्तानी बलरमध्ये नोमन अलिले चार विकेट लिएका छन् ।


त्यस अगाडि पाकिस्तान आफ्नो पहिलो इनिङ्समा ३ सय ७८ रन बनाएर अलआउट भएको थियो । त्यसमा मुथसमीले छ विकेटको उत्कृष्ट बलिङ प्रदर्शन गरे ।


Swadesh Maharjan | October 13th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya