
यो समाचार अलिकति आश्चर्यजनक थियो, उत्तिकै सुखद पनि । ट्वान्टी ट्वान्टी विश्वकप २०२६ सुरु हुने एक साता जति मात्र समय रहेको बेला भारतीय मिडियामा एउटा त्यस्तो समाचार आयो, जसले भन्छ, नेपाली क्रिकेट असाध्यै लोकप्रिय रहेछ । अझ भनौं, नेपाली क्रिकेट मन पराउनेहरू धेरै रहेछन् । र, त्यो समाचार थियो, अबको विश्वकपमा कुनै टिमले खेल्ने टिकटको सबैभन्दा बढी माग छ भने त्यसमध्ये एक नेपालको हो ।
टाइम्स अफ इन्डियाका अनुसार भन्ने हो भने त भारतपछि अहिलेसम्म कुनै टिमको टिकटको बढी माग छ भने त्यो नेपालकै हो । यो आश्चर्यजनक र सुखद दुवै छैन् र ? यसले एउटा भाष्य भने तयार पार्छ, नेपाली क्रिकेटको लोकप्रियता बढ्दो नै छ । नेपाल प्रतियोगिताको समूह सी मा छ र नेपालका सबै हुनेछन्, मुम्बईको वानखडे स्टेडियममा । नेपालले इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटलीविरुद्ध खेल्नेछ ।
टाइम्स अफ इन्डिजले भनेको छ, नेपाल सम्मिलित खेलको टिकटको माग सबैभन्दा हुने सूचीको दोस्रोमा छ । यो तथ्यको धेरै अर्थ छ । जति बेला वानखडे स्टेडियममा नेपाली टिम उत्रनेछ, त्यति बेला धेरै भन्दा धेरै नेपाली समर्थक देखिनेछन् । त्यस अर्थमा यो विश्वकपका लागि कुनै देशको समर्थकले बढी भारत भ्रमण गर्नेछन् भने त्यो पनि नेपाली नै हुनेछ । अब त भारतीय मिडियाले पनि के मान्न थालेका छन् भने नेपालमा क्रिकेटको विकास र लोकप्रिय द्रुत गतिमा बढिरहेको छ ।
नेपालले खेल्न लागेको यो तेस्रो ट्वान्टी ट्वान्टी विश्वकप हुनेछ । यो विश्वकपमा सहभागी हुने टिमको संख्या बढ्ने हो र छनोट हुने ढाँचा अझ अलिकति खुकुलो हुने हो भने तय छ, नेपालको सहभागिता नियमित हुनेछ । अनि एउटा तथ्य के पनि हो भने अब नेपाली टिम पहिलोका तुलनामा अन्तर्राष्ट्रिय क्रिकेटमा कमजोर टिम मात्र पनि रहेन्, खालि सहभागिताका लागि सहभागिता मात्र जनाउने ।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]