
पोखरा। यू–१९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता शनिबारदेखि पोखरामा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन दिन दुई खेल हुने तय भएको छ।
पोखरा रंगशालामा हुने पहिलो खेलमा बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल मध्यान्ह १२ बजेबाट सुरु हुनेछ। त्यसपछि दिउँसो ३ बजे घरेलु टोली नेपालले भारतको सामना गर्नेछ।
प्रतियोगितामा सहभागी चारै टोलीका कप्तान तथा मुख्य प्रशिक्षकहरूले यस प्रतियोगितालाई युवा खेलाडीका लागि अन्तर्राष्ट्रिय अनुभव बटुल्ने महत्वपूर्ण अवसरको रूपमा लिएको बताएका छन्।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]