Share on:

टाइगर कपको उपाधिका लागि गण्डकीसँग खेल्ने टोली परिवर्तन, पुलिसले फाइनल खेल्ने
January 31st, 2026

पोखरा। छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने भएका छन्।


पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेल पाँचौं सेटमा पुगेपछि गण्डकी र पर्वत दुबै फाइनलमा पुगेको घोषणा गरिएको थियो। तर, सेट रेसियोमा पुलिस अगाडि भएको भन्दै आयोजनक टाइगर ग्रुप अफ पोखरा नेपालले प्रेस विज्ञप्ती जारी गर्दै फाइनलमा गण्डकी र पुलिसबिच प्रतिष्पर्धा हुने जानकारी गराएको हो।


ुफाइनल खेल घोषणा गर्ने क्रममा प्राविधिक त्रुटिका कारण गलत सूचना प्रवाह हुन गएको थियो। शनिबार हुने पुरुषतर्फको फाइनल खेल गण्डकी प्रदेश भलिबल संघ र नेपाल पुलिस क्लबबीच हुने आधिकारिक जानकारी गराउदछौं,ु विज्ञप्तीमा भनिएको छ।


अब छैटौं टाइगर कपको उपाधिका लागि शनिबार गण्डकी र पुलिस प्रतिष्पर्धा गर्नेछन्। उक्त खेल दिउँसो २ बजेबाट सुरु हुनेछ। तेस्रो स्थानका लागि पर्वत जिल्ला भलिबल संघ र त्रिभुवन आर्मी क्लब भिड्नेछन्। उक्त खेल उक्त खेल बिहान ११ बजेबाट सुरु हुनेछ। 


विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६, उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोली २ लाख ६ हजार ६६६ रुपैयाँ पाउनेछन्।


Swadesh Maharjan | January 31st, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya