
काठमाडौँ । नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आज दुई खेल हुँदैछ।
आज हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच बिहान ११ ४५ बजेदेखि खेल सुरु हुँदैछ। सुदूरपश्चिम र विराटनगर दुवै प्लेअफमा पुगिसकेका छन्।
सुदूरपश्चिम शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा पुगेको छ भने विराटनगर हाल तेस्रो स्थानमा छ। आजको खेल ठुलो अन्तरले जितेर दोस्रो स्थानमा पुगे विराटनगर सुदूरपश्चिमसँगै पहिलो क्वालिफायर खेल्नेछ।
त्यस्तै आज हुने दोस्रो खेल चितवन राइनोज र पोखरा एभेन्जर्सबीच दिउँसो ३ ३० बजेदेखि खेल हुने छ। चितवन र पोखरा दुवै प्लेअफको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले कुनै प्रभाव पार्ने छैन।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]