Share on:

विश्वकपको निकालियो ‘ड्र’
December 6th, 2025

अमेरिका, क्यानाडा र मेक्सिकोमा हुने विश्वकप २०२६ मा सहभागी हुने टिमले लिग चरणमा को कसको विरुद्ध खेल्नेछन् त ? शुक्रबार त्यसको उक्तर आएको छ । आयोजक देशमध्ये एक अमेरिकाको वासिङटनमा आयोजित विशेष कार्यत्रमबीच फिफाले समूह विभाजन गरेको हो ।


त्यस अनुसार अर्जेन्टिना, स्पेन र इंग्ल्यान्डले केही सजिलो समूह पाएका छन् । तर फ्रान्स भने कठिन समूहमा परेको छ । यसपल्टको विश्वकपमा पहिलो पटक ४८ टिमको सहभागिता रहनेछ । त्यसमध्ये ४२ टिमको निर्णय भने भइसकेको छ । बाँकी छ टिमको निर्णय भने प्ले अफबाट हुनेछ ।


समूह विभाजन अनुसार समूह ‘ए’ मा मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र युरोपेली प्ले अफ ‘डी’ विजेता, समूह समूह ‘बी’ मा क्यानाडा, युरोपेली प्ले अफ ‘ए’ विजेता, कतार र स्विटजरल्यान्ड, समूह ‘सी’ मा ब्राजिल, मोरेक्को, हाइटी र स्टकल्यान्ड छन् ।


समूह ‘डी’ मा अमेरिका, पाराग्वे, अस्ट्रेलिया, युरोपेली प्ले अफ ‘सी’ विजेता, समूह ‘ई’ मा जर्मनी, क्युरासाउ, आइभरीकोस्ट र इक्वेडर, समूह ‘एफ’ मा नेदरल्यान्ड्स, जापान, युरोपेली प्ले अफ ‘बी’ विजेता, ट्युनिसिया, समूह ‘जी’ मा बेल्जियम, इजिप्ट, इरान र न्युजिल्यान्ड, समूह ‘एच’ मा स्पेन, केप भार्डे, साउदी अरेबिया र उरुग्वे छन् ।


यस्तै समूह ‘आई’ मा फ्रान्स, सेनेगेल, प्ले अफ फिफा–टु विजेता र नर्वे, समूह ‘जे’ मा अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया र जोर्डन तथा समूह ‘के’ मा पोर्चुगल, प्ले अफ फिफा–वान, उज्वेकिस्तान र कोलम्बिया तथा समूह ‘एल’ मा इंग्ल्यान्ड, क्रोएसिया, घाना र पानामा परेका छन् ।


Swadesh Maharjan | December 6th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya