इंग्ल्यान्ड र भारतबीच चलिरहेको पाँच टेस्टको सिरिज रोमाञ्चक मोडमा छ र त्यसकै चौथो टेस्ट आज बुधबारदेखि म्यानचेस्टरको ओल्ड ट्रायफोर्डमा सुरु हुनेछ । सिरिजमा इंग्ल्यान्ड २–१ ले अगाडि छ । घरेलु टिमसामु सिरिज जित्ने अवसर हुनेछ ।
भारत भने यो टेस्ट जितेर सिरिज बराबर गर्ने लक्ष्यमा हुनेछ । लर्डसमा भएको तेस्रो टेस्टमा इंग्ल्यान्डले सनसनीपूर्ण जित निकाल्दै सिरिजमा अग्रता लिएको थियो । म्यानचेस्टरमा हुने अबको टेस्ट पनि उत्तिकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
भारतका लागि यो टेस्टमा आफ्ना स्टार फास्ट बलर जसप्रित बुमराहलाई खेलाउने अथवा नखेलाउने निर्णय प्रमुख मुद्दा रहेको छ । चोटको समस्याबाट गुज्रिरहेका बुमरालाई आराम पनि उत्तिकै आवश्यक रहेको छ । सिरिजमा उनले तीन टेस्ट मात्र खेल्ने बताइएको थियो ।
त्यसमध्ये उनले दुई टेस्ट खेलिसकेका छन् । भारतलाई बलरकै समस्या भइरहेको छ । अर्कोतर्फ इंग्ल्यान्डसामु आफ्नो माथिल्लो क्रमको ब्याटिङ समस्या समाधान गर्नु पर्ने आवश्यकता छ ।
Comments
No comments yet.
Top Headlines
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]