
काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत लुम्बिनी प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबलाई २५६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।
नारायणी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४९.५ ओभरमा अलआउट हुँदै २५६ रनमा समेटिएको हो।
लुम्बिनीका लागि ओपनर रञ्जित खड्का नायक बने। उनले १२८ बलमा १३ चौका र ३ छक्का प्रहार गर्दै १२८ रनको उत्कृष्ट शतकीय इनिङ्स खेले। उनको इनिङ्स लुम्बिनीको मजबुत योगफलको आधार बन्यो।
कप्तान देव खनालले १४ रन जोड्दा आकाश त्रिपाठीले ३६ रनको योगदान दिए। मध्यक्रममा सन्तोष यादवले १५ रन बनाएका थिए भने अन्त्यतिर दर्श सोनारले ३३ रनको महत्वपूर्ण इनिङ्स खेल्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्याए।
बलिङतर्फ नेपाल पुलिस क्लबका ललित राजवंशीले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए। दिनेश खरेल र राशिद खानले समान २/२ विकेट झारे। करण केसी, आरिफ शेख र दीपक सेरालाले समान १/१ विकेट हात पारे।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]