
रोहित शर्मा र विराट कोहली ब्याटबाट चम्केपछि भारतले तेस्रो तथा अन्तिम वान डेमा अस्ट्रेलियालाई शनिबार नौ विकेटले पराजित गरेको छ । रोहितले १ सय २१ रनको शानदार शतकीय इनिङ्स खेले । उनलाई बलियो साथ दिएका विराटले ७४ रनको योगदान दिए ।
उनीहरूले दोस्रो विकेटका लागि रनको १ सय ६८ नटआउट साझेदारी गरे र भारतले ३८.३ ओभरमा विजयी रन बनाउन सफल रह्यो । रोहितले १ सय २१ बलको सामना गरेर १३ चौका र तीन छक्का प्रहार गरे । विराटले भने ८१ बलको सामना गरे र त्यसमा सात चौका सामेल थियो ।
त्यस अगाडि अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ४६.४ ओभरमा सबै विकेट गुमाएर २ सय ३६ रन बनाएको थियो । त्यसमा म्याट रेनसले ५६ र मिचेल मार्सले ४१ रन बनाए । हर्षित राणाले ३९ रनमा चार विकेट हात पारे । तीन वान डेको सिरिज भने अस्ट्रेलियाको पक्षमा २–१ रह्यो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]