
जाचरी एथेकमले दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा बराबरी गोल गरेपछि एसी मिलानले इटालीको सिरी ए मा शुक्रबार राति पिसालाई २–२ को बराबरीमा रोकेको छ । यो बराबरीको नतिजापछि मिलान आठ खेलबाट १७ अंकमा शीर्ष स्थानमा कायम रह्यो ।
तर अब उसलाई इन्टर मिलान, नेपोली र रोमासामु उछिन्ने अवसर हुनेछ । सानसिरोमा भएको खेलमा मिलानले राफेल लियोओको गोलको मदतले अग्रता लिएको थियो । उसले त्यसलाई दोस्रो हाफमा गुमाएको थियो । त्यसपछि पिसाका लागि जुावन क्वाड्राडोले ६० औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे ।
त्यसपछि एमबाला एजोलाले ८६ औं मिनेटमा दोस्रो गोल थपे । यस्तोमा हारतर्फ अग्रसर मिलानका लागि एथेकमले बराबरी गोल गरे र यो क्लबका लागि राहतले भरिएको नतिजा रह्यो । यसै सिजन बढुवा भएको पिसा भने चार अंकमा १७ औं स्थानमा छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]