
पहिलो हाफको सुरुआती १५ मिनेटमा सम्भव दुई गोलको मदतले लिड्स युनाइटेडले शुक्रबार इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामलाई २–१ ले हराएको छ । वेस्ट ह्याम यससँगै नयाँ सिजन ५२ वर्षयता कै खराव सुरुआत बेहोर्ने बाध्य रह्यो ।
एलान रोडमा भएको खेलमा लिड्सका लागि ब्रेन्डेन आरोन्सनले तेस्रो मिनेटमा पहिलो गोल गरे । त्यसपछि जोए रोडनले १५ औं मिनेटमा अर्को गोल गरे । खेलको ९० औं मिनेटमा म्याथेस फर्डिनान्डेसले वेस्ट ह्यामका लागि एक फर्काए ।
यो जितपछि लिड्स नौ खेलबाट ११ अंक भएको छ र १३ औं स्थानमा छ । वेस्ट ह्याम भने समान खेलबाट चार अंकमै रह्यो र रेलिगेसन क्षेत्रमा कायम रह्यो । वेस्ट ह्याम उल्भ्सको माथि १९ औं स्थानमा छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]