Share on:

गण्डकीमाथि सुदूर दुई विकेटले विजयी
April 2nd, 2026

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ।


नारायणी क्रिकेट रंगशालामा बिहिबार सम्पन्न खेलमा सुदूरले गण्डकीलाई २ विकेटले पराजित गरेको हो। यो जितसँगै पाँच खेलबाट सुदूरले ८ अंक जोडेको छ। पराजित गण्डकी भने समान खेलबाट तीन अंकसहित पूछारबाट दोस्रो स्थानमा छ।  


कर्णालीले दिएको १९१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ३९.२ ओभरमा ८ विकेट गुमाउँदै १९१ रन बनायो। 


सुदूरका अभिषेक पालले सर्वाधिक ६६ रन बनाए। उनले ९३ बलमा ६ चौका र २ छक्का प्रहार गरे। दीपक बोहराले ३५ रन तथा नारायण जोशीले अविजित ४५ रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याए। मिलन बोहराले १५ रनको योगदान दिए।


बलिङतर्फ गण्डकीका बिपिन खत्रीले घातक प्रदर्शन गर्दै १० ओभरमा ३६ रन खर्चेर ५ विकेट लिए। कृष्ण पौडेल, सुभाष भण्डारी र बिश्व कार्कीले समान १/१ विकेट लिए। 



Swadesh Maharjan | April 2nd, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya