
बहिस्कारको विवाद र अन्यौलताबीच ट्वान्टी ट्वान्टी विश्वकप २०२६ भारत र श्रीलंकामा आज सुरु हुँदैछ । पाकिस्तानले भारतविरुद्ध कोलम्बोमा हुने खेल बहिस्कार गर्ने घोषणा पनि प्रतियोगिता विवाद परेको हो । अहिलेसम्म पाकिस्तानी क्रिकेट बोर्डले त्यो खेल नखेल्ने भनेर भनेको छैन्, त्यसैले यो अन्यौलतामा पनि परेको छ । यसअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बंगलादेशलाई प्रतियोगिताबाट निकालेको छ । बंगलादेशले सुरक्षाको कारण देखाएर भारतमा नखेल्ने भनेको थियो ।
दक्षिण एसियाली भू राजनीतिको चपेटामा परेको यस विश्वकपमा कुल २० टिमको सहभागिता रहेको छ र तिनलाई चार समूहमा विभाजन गरिएको छ । लिग चरणको खेलको समाप्तीमा प्रत्येक समूहको शीर्ष दुई स्थानमा रहने टिमले सुपर एटको यात्रा तय गर्नेछ । शनिबार पहिलो दिनको खेलमा कोलम्बोमा नेदरल्यान्ड्स र पाकिस्तान, कोलकातामा स्कटल्यान्ड र वेस्ट इन्डिज तथा मुम्बईमा भारत र अमेरिका भिड्ने छन् ।
नेपाल प्रतियोगिताको समूह सी मा रहेको छ । त्यसमा दुई दुई पल्टका विश्वकप च्याम्पियन इंग्ल्यान्ड र वेस्ट इन्डिज रहेका छन् । यस्तै यस समूहमा स्टकल्यान्ड र स्कटल्यान्ड पनि रहेका छन् । शनिबार नेपालले मुम्बईको वानखडेमा हुने पहिलो खेलमा इंग्ल्यान्डको सामना गर्नेछ । खेलको पूर्व सन्ध्यामा नेपाली टिमका कप्तान रोहित पौडेलले आफ्नो टिमले अर्को चरण प्रवेशकै लागि खेल्ने बताएका छन् ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]