नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी महिला एशिया कप २०२४ खेल्ने प्रारम्भिक टोलीमा घोषणा गरेको छ।
क्यानले बुधबार कप्तान इन्दु बर्मासहित २८ खेलाडीलाई सहितको प्रारम्भिक टोली घोषणा गरेको हो।
यहि जुलाई १९ देखि २८ सम्म श्रीलंकामा आयोजना हुने प्रतियोगितामा नेपाल समूह 'ए' मा रहेको छ। यस समूहमा नेपाल र पाकिस्तानसँगै भारत र यूएई रहेका छन्। सामना गर्ने छ।
नेपालले पहिलो खेल पाकिस्तानसंग १९ जुलाईमा खेल्नेछ।यस्तै, दोस्रो खेल २१ जुलाईमा यूएईसँग खल्ने छ। समूह चरणको अन्तिम खेल नेपालले २३ जुलाईमा भारतसँग खेल्ने छ। दुई समूहको विजेता र उपविजेता टोलीले सेमिफाइनल खेल्ने छन्। सेमिफाइनका विजेता टोलीले उपाधिका लागि खेल्ने छन्।
प्रारम्भिक टोलीमा
इन्दु बर्मा (कप्तान),सबनम राई, रुबिना छेत्री, रुबी पोद्दार (विकेट किपर), सीता राणा मगर, खुशी डंगोल, कविता कुँवर, लक्ष्मी साउद, साम्झना खड्का, अलिशा खाडिया, कविता जोशी, अप्सरी बेगम, काजोल श्रेष्ठ (विकेट किपर), करुणा भण्डारी, पुजा महतो, अस्मिना कर्माचार्य, डल्ली भट्ट, संगीता राई, बिन्दु रावल, आरती महतो, रोमा थापा, सावित्री धामी, ममता चौधरी, यशोदा बिष्ट, कृतिका मरासिनी, सोनी पाख्रिन, राजमती ऐरी, हेलिशा गुरुङ
Comments
No comments yet.
Top Headlines
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]